एउटै घरमा २७ वटा गोमन सर्प भेटिएपछि…

काठमाण्डु टुडे २०७६ साउन १० गते १४:३१ मा प्रकाशित

झापा,१० साउन-झापाको गौरादहमा एक घरमा एउटा दुईवटा होइन २७ वटा सर्प फेला परेको छ ।

गौरादह नगरपालिका वार्ड नं ५ चाप्रामारी कटकपुरका काशी शर्माको घरमा एउटा ठुलो सर्पसहित २७ वटा गोमन सर्प भेटिएको हो ।
धेरैजसो सर्पका बच्चा रहेका थिए । गोमन सर्प विषालु सर्पमा पर्दछ । एउटा सर्प मारेको र त्यसपछि राती अरू पनि सर्प भएको आँशकामा दुलो खन्दा बग्रेल्ती सर्प भेटिएपछि यो परिवारको होसहवास नै उडेको थियो ।
शर्माका छोरा सन्दीपका अनुसार अकल्पनीय रूपमा सर्पहरू भेटिएका छन् । उनका अनुसार रातको ११ बजे स्थानीयहरूको सहारामा सबै सर्पहरू मारेर गाडिएको छ । रातभर निन्द्रा नलागेको समेत यो परिवारले जनाएको छ ।

त्यो भन्दा अगाडि अर्को विषालु करेत सर्प पनि यो घरमा भेटिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us