विप्लवका मोरङ सेक्रेटरी पक्राउ

काठमाण्डु टुडे २०७६ साउन ९ गते १७:०१ मा प्रकाशित

मोरङ,९साउन – नेत्रविक्रम चन्द विप्लव’ नेतृत्वको नेकपाका धनकुटा-मोरङ सेक्रेटरी ४५ वर्षीय दिपक राईलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको केराबारी गाउँपालिका-३ घर भएका राईलाई बिहीबार बिहान पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
केराबारीकै एउटा घरमा सेल्टर लिएर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको उपरीक्षक अधिकारीले जानकारी दिए ।
बम विस्फाेट, चन्दा आतंक, हतियार संकलनलगायतका धेरै घटनामा राईको संलग्नता देखिएपछि अनुसन्धान गर्ने काम भैरहको प्रहरीको भनाइ छ । मोरङ र धनकुटाबाहेक अन्य जिल्लामा विप्लव समूहले गरेको घटनामा राईको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us