अरूको नाममा ट्रायल दिने यावद पक्राउ

काठमाण्डु टुडे २०७६ साउन ३ गते १६:५८ मा प्रकाशित


जनकपुरधाम, ३ साउन- मोटरसाईकल लाइसेन्सको लागि जनकपुरधाममा हुने परीक्षमा व्यापक अनियमिमता भइरहेको आरोप लागि रहेको बेला अर्काको नाममा ट्राईल दिने एकजना युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
अर्काको स्थानमा ट्रायल दिने धनुषाको शहिदनगर नगरपालिका ९ घर भई हाल जनकपुर उपमहानगरपालिका ४ बस्ने २२ वर्षका शिव कुमार यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
महोत्तरी जिल्लाको मदेवा घर भइ हाल जनकपुर उपमहानगरपालिका ४ मा डेरा गरि बस्ने पप्पु यादवको मोटरसाईकल लाईसेन्सको लागि उनको साटो ट्राईल परीक्षा दिइरहेका शिवकुमारलाई प्रहरीले पक्राउ गरेको हो ।
यातायात व्यवस्था कार्यालय जनकपुरधामको जनकपुरधाम उपमहानगरपालिका ८ स्थित ज्ञानकुप माध्यमिक विद्यालयको ट्राईल सेन्टरमा ट्रायल दिइरहेका शिवकुमार प्रहरीको फन्दामा परेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us