
रौतहट , बारा जिल्ला महागढिमाई नगरपालिका घर भई जिल्ला प्रहरी कार्यालय मकबानपुरमा कार्यरत नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक ९असई० राजेन्द्र साहलाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ ।
उनलाईअसार ३१ गते चन्द्रनिगाहपुरको माउण्ट एरिवा गेष्ट हाउसको ३०६ नम्बरको कोठामा २० बर्षीय महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख (डिएसपी) कवित कट्वालले बताए छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पीडितका आफन्तले प्रहरीमा लिखित जाहेरी दिएपछि असई साहलाई पक्राउ गरेको बताएको छ ।
पक्राउ परेका साहलाई जिल्ला अदालत गौरबाट जबर्जस्ती करणी गरेको आरोपमा ५ दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले बताए ।