कालीकोटमा जीप दुर्घटना दुईको मृत्यु, एघार घाइते

काठमाण्डु टुडे २०७६ साउन ३ गते ११:५५ मा प्रकाशित

बाजुरा, ३ साउन- बाजुरामा आज बिहान जिप दुर्घटना हुदाँ दुई जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । क १ २१ नम्बरको जीप गजनाथ गाउपालिका- ५ स्थित जुवाखोलामा दुर्घटना भएको हो । सो जीप बाजुराको फिलुचौरबाट कालीकोटको जितेगडा जाँदै थियो ।
मृत्यु हुनेमा कैलाली टीकापुर नगरपालिका–४ का जीप चालक २६ वर्षीय रमेश बोगटी र खत्याड गाउँपालिका–६, मुगुका २४ वर्षीय रामबहादुर शाही छन् । दुबैको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी उद्धवसिंह भाटले जीपमा चालकसहित १५ जना सवार जीप रहेकोमा घाइते ११ मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताए ।
कमजोर सडक संरचनाका कारण दुर्घटना भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us