बालबिबाहकाे मुख्य कारण देखिदै फेसवुक

काठमाण्डु टुडे २०७६ साउन ३ गते ११:२५ मा प्रकाशित

डोटी , ३ साउन-डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं: ७ की १५ वर्षीया पार्वती विष्ट  स्थानीय विद्यालयमा कक्षा ८ मा पढ्दै गर्दा भागेर विवाह गर्नुपर्‍यो । फेसवुकबाट चिनजान भएको केटासँग माया प्रेम बढ्दै गएपछि विष्टको सम्बन्ध विवाहमा परिणत भयो ।
त्यसैगरी डोटीको बडिकेदार गाउँपालिका वडा नं: ४ मान्नाकापडी गाउँका १७ वर्षिय दीपक  ले छिमेकी गाउँकी १४ वर्षिया शर्मिलासँग मोबाइलको कुराकानीबाट शुरु हुँदै फेसवुकसम्मको सम्बन्ध बिहेमा परिणत गरे । यद्यपी ती जोडीको बिहेलाई परिवारले स्वीकार गर्न सकेको छैन ।
माथि उल्लेखित घटना केही उदाहरण मात्रै हुन । प्रविधिको विकाससँगै बालबालिकाको मोबाइल र सामाजिक सञ्जालमा सहज पहुँच भएको छ । सामाजिक सञ्जाल र मोबाइल फोनमा बालबालिकाको सहज पहुँचले बालबिबाह अन्त्य गर्नमा चुनौति थपिदिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us