
काठमाण्डु, ३ साउन- नेकपा मसालले आफ्ना महामन्त्री मोहनविक्रम सिंह र सिंह पत्नीसमेत रहेकी सांसद दुर्गा पौडेलले नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीसँग भेटवार्ता नगरेको बताएको छ ।
मसाल प्रवक्ता रामप्रकाश पुरीले विज्ञप्ति जारी गर्दै सिंहले राजदूतसँग भेटेको भन्ने समाचार कलोलकप्लित र झुठो भएको स्पष्ट गरेका छन् । विज्ञप्तिमा एउटा विवाह भोजमा निीहरुसको राजदूतसँग देखादेख मात्र भएको तर, कुराकानी नभएको उल्लेख छ । ‘मोहनविक्रम सिंह र दुर्गा पौडेल प्यूठानका गोविन्द पोखरेलका छोराको विवाहमा गएका बेलामा त्यहाँ भारतीय राजदुत पनि आएका थिए । कार्यक्रमपछि भर्याङतिर जाने बेलामा भर्याङको मुखमा सिंह र पौडेल समेतको भारतीय राजदूतसँग देखाभेट भएको कुरा सत्य हो । त्यो बेला विवाहमा आएका अरू १५ \२० जना मानिसहरू पनि थिए । तर, त्योबेला परस्परमा परिचय गर्ने वा कुराकानी गर्नेसमेत कुनै कार्य भएको थिएन ।’
विज्ञप्तिमा सामान्य देखाभेटलाई आधार बनाएर कतिपय अनलाइन र पत्रपत्रिकाले दुईघण्टासम्म राजदूतसँग गोप्य कुराकानी भएको र दुर्गा पौडेललाई मन्त्री बनाइदिनका लागि मोहनविक्रम सिंहले अनुरोध गरेकाृे भन्ने समाचार कपोलकल्पित र निराधार भएको बताइएको छ । यस्तै विज्ञप्तिमा महामन्त्री सिंहले प्रधानमन्त्री भएपछि केपी ओलीलाई नभेटेको र पत्निलाई मन्त्री बनाइदिन आग्रह नगरेको पनि मसालले स्पष्ट गरेको छ । सिंह पत्नि दुर्गा नेकपाको समर्थनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।