
काठमाण्डु, ३ साउन वसन्तपुरकी कुमारीको हीराजडित मुकुट खोजीको विषय भएको छ । कुमारीका साथमा रहेका गरगहना जाँच गर्दा यो मुकुट जाँच समितिले पनि अवलोकन गर्न पाएको छैन ।
गत वर्ष गुठी संस्थानको एक समितिबाट गहना जाँच भएको थियो । गहना जाँचका क्रममा कुमारीलाई राज्यका तर्फबाट चढाइएका २२ वटा औँठीमा सुन नै नभएको पाइएको थियो । विसं १९९१ मा सरकारका तर्फबाट गुठी जाँच अड्डाको नामको लगतमा तत्कालीन राजा जयप्रकाश मल्लले यो मुकुट श्रीकुमारीलाई चढाएको अभिलेख छ ।
कुमारीका पुजारी उद्धव कर्माचार्यका अनुसार जयप्रकाश मल्लले कुमारीलाई चढाएको हीराजडित छतख्ते मुकुट हराइरहेको छ । कुमारीलाई झट्ट हेर्दा मल्लले चढाएजस्तो झुक्यानमा पार्न सकिने अर्को मुकुट पहि¥याइएको छ ।
पुजारी कर्माचार्यले राजा जयप्रकाश मल्लले चढाएको मुकुटको यकिन अवस्था सार्वजनिक हुन नसकेको जानकारी दिए । गोरखापत्रबाट