
धनगढी, २ साउन- प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले कैलालीको धनगढीमा शक्तिशाली बम विस्फोट गराएका छन् ।
विस्फोटबाट पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर छ । धनगढी उपमहानगरपालिका ३ शहीद गेटमा बिहीबार साँझ बम विस्फोृट गराइएको हो । घटनमा स्थानीय होटल व्यवसायी केशवराज पाण्डे, बझाङका राम सिंह, कञ्चनपुर बेलौरीका लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव छन् ।
प्रहरीले घटनास्थलबाट पेस्तोल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले घटनाबारे छानबनि थालिएको बताए । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गोकुल बाँसकोटाले विप्लव समूहले शक्ति संचयका लागि मात्र वार्ताको हल्ला चलाएकाले तत्काल वार्ताको सम्भावना नरहेको बताएका थिए ।