नेकपाले टुंगो लगायो युवा संगठनको नाम र झण्डा

काठमाण्डु टुडे २०७६ साउन २ गते १७:४१ मा प्रकाशित

काठमाण्डु, २ साउन- नेपाल कम्युनिष्ट पार्टी नेकपाले युवा संठनको नाम र झण्डा अन्तिम टुङ्गो लगाएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड’ ले युवाको नाम र झण्डा विवाद सुल्झाएका हुन । छलफलपछि नेकपाको युवा संगठनको नाम राष्ट्रिय युवा संघ नेपाल टुङ्गो लागेको हो । यसअघि साविक नेकपा माओवादी केन्द्रको सहायक संगठनको रुपमा योङ्ग कम्युनिष्ट लिग नेपाल वाइसिएल थियो भने, साविक नेकपा एमालेको युवा संगठनको नाम युवा संघ नेपाल थियो ।
त्यस्तै स्थापना मिती २००८ साल जेठ १ गते हुने छ । संघको कार्यालय साविकको वाइसिएल नेपालको कार्यालय पेरिसडाँडा कोटेश्वरमा रहनेछ भने कमिटी संख्या २५१ जनाको हुनेछ । यस्तै एकता पश्चात युवाको नेतृत्व पूर्वमाओवादीले पाएको थियो । वाइसिएल अध्यक्ष समेत रहेका रामप्रसाद सापकोटा दिपशिखा’ संयोजक र युवा संघ अध्यक्ष रमेश पौडेल सह-संयोजकको जिम्मेवारीमा छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us