बाढी पहिरो अपडेट : ९० को मृत्यु, २९ अझै बेपत्ता

काठमाण्डु टुडे २०७६ साउन २ गते १५:१६ मा प्रकाशित

काठमाण्डु, २ साउन – असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

विपदमा परेर अहिलेसम्म २९ हराइरहेको र ४१ घाइते भएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए ।
उनका अनुसार झण्डै १२ हजार घर धुरी विस्थापित भएकाले उनीहरुलाई अस्थायी आश्रयस्थलमा राखिएको छ । विपद्मा परेर सबैभन्दा बढी रौतहटमा मात्रै १० जनाले ज्यान गुमाएका छन् । ललितपुर र सिराहामा छ-छ तथा मोरङ, भोजपुर, धनुषा, मकवानपुर र सिन्धुलीमा पाँच-पाँच जनाले ज्यान गुमाएका छन् ।

ओखलढुङ्गा, महोत्तरी र डोल्पामा चार-चार तथा झापा, खोटाङ, पर्सा, काभ्रेपलाञ्चोक र काठमाडौंमा तीन-तीन जनाको मृत्यु भएको छ । यस्तै सुनसरी, बारा, धादिङ र दाङमा दुई-दुई, इलाम, पाँचथर, सङ्खुवासभा, उदयपुर, सर्लाही रामेछाप, पाल्पा र कपिलवस्तुमा एक-एक जनाको मृत्यु भएको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us