कङ्गोमा विश्व स्वास्थ्य सङ्कटकाल’ घोषणा

काठमाण्डु टुडे २०७६ साउन २ गते १५:०५ मा प्रकाशित

काठमाण्डु,२साउन– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला महामारी नरोकिए पछि डब्लुएचओले विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ ।इबोलाका कारण हालसम्म १६ सय भन्दा बढीको मृत्यु भैसकेको छ । इबोलाबारे प्रत्येक दिन १२ वटा नयाँ घटना सार्वजनिक हुने गरेका छन् ।

घोषणासँगै विश्व स्वास्थ्य सङ्गठनले सो रोगको सङ्घर्षमा आफूलाई फेब्रुअरीदेखि जुलाई महिनासम्ममा नौ करोड ८० लाख डलर आवश्यक परेको तर पाँच करोड ४० लाख डलर नपुगेकोले समृद्ध राष्ट्रहरूले आर्थिक सहयोग गर्ने अपेक्षा गरेको छ ।
डब्लुएचओले जनस्वास्थ्यमा विश्वव्यापी चासोको आपतकाल घोषणा गरे पनि कंगोका सीमा क्षेत्र बन्द गर्नुपर्ने अवस्था भने नरहेको जनाएको छ ।
अहिलेसम्मकै दोस्रो ठूलो प्रकोप मानिएको घटना सन् २०१८ को अगस्ट महिनाबाट सुरु भएको थियो र यसको मारमा उत्तरी किभु र इटुरी प्रान्त परेका छन्।उक्त रोगको खोप ९९ प्रतिशत प्रभावकारी भए पनि सबैले त्यस्तो खोप नलगाएकाले सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । यो रोगबाट युगान्डा र रुवान्डा उच्च जोखिममा रहेको बताएको छ।

इबोला भाइरसबाट लाग्ने रोग हो। यसले सुरुमा ज्वरो आउने ,शरीर कमजोर हुने मांसपेसीमा पीडा हुने ,घाँटी दुख्नेबिस्तारै बान्ता र पखाला हुनेआन्तरिक तथा बाह्य रक्तस्राव हुने।रोगग्रस्त मानिसको छाला, मुख, नाक, रगत, बान्ता, दिसा वा शरीरबाट उत्पन्न हुने अन्य तरल पदार्थ सोझै छुँदा इबोला भाइरस सर्छ ।शरीरबाट पानी र नूनको मात्रा घटेर तथा धेरै अङ्गले एकैचोटि काम गर्न छोडेर बिरामीको मृत्यु हुन सक्छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us