
भद्रपुर ,२ साउन – खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा सतार को खोजी गरिदिन परिवारले आग्रह गरेको छ ।
ज्यालादारीमा काम गरेर घर फर्किने क्रममा भद्रपुर र मेचीनगरको सीमामा पर्ने फुलबासाखोला पार गर्न खोज्दा गत असार २७ गते सुफललाई थियो । झापामा असार अन्तिम साताको बाढीमा बेपत्ता हुने सुफल मात्र हुन् ।
बेपत्ता सुफलकी पत्नी तलामी हस्दाले प्रहरी चौकी चारआली र मेचीनगर नगरपालिका-१४ को कार्यालयमा खोजीकार्य गरिदिन निवेदन दिएकी छन् । फुलबासाखोलाको डिलमा छाप्रे घर भएका सुफलको पत्नी, एक छोरी र दुई छोरा छन् ।
मेचीनगर-१४ का अध्यक्ष शङ्कर पोखरेलले गाउँले, आफन्त र प्रहरी मिलेर खोज्दा सुफलको सास वा लाश केही फेला नपरेको बताए । खोलाले बगाउँदै गरेको देख्नेहरु भएको हुँदा सुफल जीवित भेटिने आशा नभएको वडाध्यक्ष पोखरेल बताए।
नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले प्रहरीले बेपत्ताको मुचुल्का प्रमाणित गरेर नगरपालिकाको प्रक्रिया पूरा भएपछि बेपत्ता परिवारले सरकारी राहत पाउने बताए ।