मोरङमा बस र भ्यान ठोकिँदा एकको मृत्यु

काठमाण्डु टुडे २०७६ साउन २ गते १२:०८ मा प्रकाशित

 

वीराटनगर, २ साउन- मोरङमा बस र तरकारी बोकेको भ्यान एकआपसमा ठोकिँदा अठार जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी शनिश्चरे १० मा को १ ख ४८४२ नम्बरको यात्रु बस र विपरित दिशाबाट आएको मे १ त ५३९१ नम्बरको भ्यान आपसमा ठोकिँदा एक जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ ।

तिन जनालाई भने च्यापिएको अवस्थामा प्रहरीले उद्धार गरेको बताए । छ जना घाइतेहरुलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा ल्याइएको छ । अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।मृतक र घाइतेहरुको परिचय नखुलेको मोरङका एसपी विश्व अधिकारीले बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us