मानीसले खोलालाई पटक पटक हेपे, खोलाले एक चोटी हेप्दा राजधानी ढुब्यो

काठमाण्डु टुडे २०७६ साउन २ गते ११:५८ मा प्रकाशित

काठमाण्डु, २  साउन  –राजधानीमा खोला मिचेर घर बनाउँदा बस्तीमा बाढी पसेको छ। गएको बिहीबार र शुक्रबार परेको अविरल वर्षाले काठमाडौँका धेरै स्थान जलमग्न भए।
खोला किनारका अव्यवस्थित बस्तीमा मात्र होइन, बीच सहरका पक्की घरहरूमा समेत बाढी पस्यो । गएको शुक्रबार बल्खु खोला बढेर बस्तीमा पसेको देखेर डराएका इन्दिरा खत्रीले भने  पहिले-पहिले यस्तो देखेको थिइनँ, केही वर्षयता केहीबेर पानी पर्दा पनि बाढी बस्तीमा पस्न थालेको छ । कलङ्की सुनारगाउँमा बस्ने उनले घर खोला नजिकै भएका कारण अचेल पानी पर्न थालेपछि डराएर राम्रोसँग निदाउनसमेत नसकेको सुनाए।
खोला मिचेर घर बनाउने प्रवृत्ति बढेका कारण वर्षात्मा खोला बढ्दा बस्तीमा खोला पसेको धेरैको बुझाइ छ। खोलाको बहाव क्षेत्र नै च्यापेर भौतिक संरचना निर्माण गर्नु जोखिमपूर्ण रहेको पछिल्ला दिनमा बस्तीमा पसेको भेलले पनि पुष्टि गरेको छ । उपत्यकामा बहने मझौला तथा साना स्तरका खोलानालाको भेल यहाँका लागि जोखिम बनेको छ । मुख्यगरी बागमती नदी र यसका सहायक नदी, खोलामा वर्षात्मा बाढी आउँदा धनजनको क्षति हुने गरेको छ ।
बाढीका कारण राजधानीमा धेरै मानीसले ज्यान गुमाएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us