जब जनार्दन शर्माले भिडियो खिचिरहेका पत्रकारको क्यामेरा बन्द गराए…

काठमाण्डु टुडे २०७६ साउन १ गते २२:३९ मा प्रकाशित

काठमाण्डु, १ साउन राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सत्तारुढ नेकपा सांसद जनार्दन शर्माले मिडियाकर्मीका क्यामेरा बन्द गराएका छन् ।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा भिडियो रेकर्ड गरिरहेका सञ्चारकर्मीलाई शर्माले आफूले बोलेका विषय रेकर्ड नगर्न र नबजाउन भनेका हुन् । बैठकमा सेवा निवृत्त कर्मचारीलाई दिइने पेन्सन वृद्धि गर्ने कि नगर्ने भन्नेमा विवाद भएपछि शर्मा बोलेका थिए । सांसदहरुबीच बहालवाला कर्मचारीको तलब बढ्दा सेवा निवृत्तको पृन्सन बढाउनुपर्ने र त्यसो गर्न नहुने भन्नेबारे चर्काचर्की परेपछि शर्माले सभापतिसँग समय मागेर बोलेका थिए । शर्माले बोल्न थाल्नुअघि पत्रकारका क्यामेरा बन्द गर्न लगाए ।
‘एउटा कुरा है ! यहाँ बोलेको फेरि विरुद्धमा आयो भन्ने होला । रेकर्ड गरेर प्रशारण गर्ने होला । म अनौपचारिक कुरा गर्छु । त्यो क्यामेरा बन्द गर्नहोस् त ! रेकर्ड नगर्नू । जे पनिदेखाइ दिनुहुन्छ र अनि यहाँ भएको छलफललाई अर्को भाइरल बनाइदिनुहुन्छ ’, उनले भने । शर्माले काम गरिरहेकाहरुको तलब बढ्नु स्वाभाविक भए पनि कामै छाडेर गएकाहरुको किन बढाउने भन्ने प्रश्न गरे

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us