
काठमाण्डु, १ साउन- गृहमन्त्री रामबहादुर थापा बादलले हालै वर्षातपछि नेपाली भूमि डुवानमा पर्नुमा भारतीय बाँध कारण नरहेको दाबी गरेका छन् ।
बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि बुधबार मधेस गएका गृहमन्त्रीले जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भारतीय बाँधका कारण नेपाली भूमि डुवानमा परेको भन्नै आरोप लगत भएको बताए । उनले नेपाल आफैंले निर्माण गरेको तटबन्ध कमजोर भएका कारण डुवानमा परेको उल्लेख गरे । । ‘भारतीय बाँधका कारण नेपाली भूमि डुवानमा परेको पाइएन’ उनले भने, ‘समस्या नेपालमै छ, हामीले ठीक ढंगले तटबन्ध नबनाउँदा बाढी र डुवानको समस्या भएको हो ।’
यद्यपि समाचारहरुमा भारतीय बाँधका कारण डुबानमा परेको भन्ने आएपछि आफूहरुले भारतीय अधिकारीहरुसँग कुरा गरेको जानकारी गृहमन्त्रीले दिए । त्यसपछि डुवानमा पर्नुमा भारतीय बाँध कारक नभएको निस्कर्षमा पुगिएको उनको भनाइ छ । गृहमन्त्रीले चुरेबाट अत्याधिक रुपमा गिटी, बालुवा उत्खनन् गरिएका कारण बाढीको प्रका्प बढेकाले सबै मिलेर चुरे दोहन रोक्नुपर्ने स्पष्ट गरे । गत साता लगातारको वर्षातसँगै आएको बाढीले तराईका अधिकांश जिल्ला डुवानमा परेका थिए ।