साली भिनाको प्रेम सम्बन्ध छताछुल्ल भएपछि…

काठमाण्डु टुडे २०७६ साउन १ गते १८:३० मा प्रकाशित

कास्की, १ साउन– पोखरामा एक बहिनीले भिनाजुसँग मिलेर दिदीको हत्या गरेकी छन् ।

बहिनी र श्रीमान मिलेर पोखरा महानगरपालिका– १५ कान्तिपुर चोककी २७ वर्षीया लक्ष्मी परियारको हत्या गरेका हुन् । हत्या अभियोगमा लक्ष्मीका श्रीमान ३५ वर्षीय रमेश नेपाली र बहिनी १९ वर्षीया अनु परियार पक्राउ परेपछि यो रहस्य खुलेको हो । अनु मृतक लक्ष्मीकी मामाकी छोरी हुन् । प्रहरीले हत्यामा सघाएको आरोपमा भोजपुरका ३२ वर्षीय संजय शर्मा र सर्लाहीका २६ वर्षीय चितरञ्जन कुमार साहलाई पनि नियन्त्रणमा लिएको छ ।

हत्यामा संलग्न तीन भारतीय भने फरार छन् । गत १ असारदेखि हराइरहेकी लक्ष्मीको शव २५ दिनपछि पोखरा महानगर–२२ स्थित कर्कले जंगलमा भेटिएको थियो । प्रहरी अनुसन्धानले रमेश र अनुबीच प्रेम सम्बन्ध रहेको देखाएको छ । तर, उक्त सम्बन्ध अनुले थाहा पाएपछि उनले नजिकका नातेदार र पारिवारिक सदस्यलाई भनेकी थिइन् । बयानका क्रममा दुवैले लक्ष्मीले आफूहरुको बदनाम गरेकाले हत्या गरेको स्वीकार गरेका छन् । हत्या योजना बनाएरै रमेशले चार महिनाअघि युनियन लाइफ इन्योरेन्स कम्पनीमा लक्ष्मीको एक करोड रुपैयाँको जीवन बीमा गराएको समेत खुलासा भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us