पोखरामा लागुऔषध कारोबारीबाट पेन गन’ बरामद

काठमाण्डु टुडे २०७६ साउन १ गते १७:१३ मा प्रकाशित

पोखरा ,१ साउन- पोखरामा पेन गन’ सहित लागुऔषध कारोबारी पक्राउ परेका छन् ।
कलम जस्तै देखिने गन र त्यसमा लाग्ने सात राउन्ड गोली लागु औषध कारोबारीको साथबाट बरामद भएको हो । पोखरामा लागुऔषध कारोबारविरुद्ध अपरेशन थालेको प्रहरीले पोखरा २४ कास्कीकोटका २४ वर्षीय सागर रानाभाटको साथबाट पेन गन’ बरामद गरिको हो ।
केही समययता उनी पोखरा ७ मा बस्दै आएका थिए । प्रहरीका अनुसार उनको डेरामा छापा मार्दा पेन गन’ सहित लागुऔषध पनि भेटिएको हो । प्रहरीले पेन गन’ सहित लागुऔषध पनि बरामद गरेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us