
काठमाण्डु, १ साउन– नेपाल प्रहरीभित्र ‘इन्काउण्टर’ स्पेशलिष्टका रुपमा चिनिएका प्रहरी नायव उपरीक्षक (डएसपी) कुमोद ढुंगेल एकाएक बेपत्ता भएका छन् ।
हत्या घटनाका आरोपीसँग साँठगाँठ देखिएको भन्द्र प्रहरी प्रधान कार्यालयले निलम्बन गरेपछि ढुंगेल फरार भएका हुन् ।
अपराध अनुसन्धानमा व्यवसायिक दख्खल राख्ने प्रहरी अधिकृतका रुपमा संगठनमा राम्रो छवि बनाउँदै गरेका ढुुंगेलमाथि लागेको अभियोगबाट छुटकारा दिलाउन प्रहरीकै केही उच्च अधिकृत नै सक्रिय भएका बेला उनी भने एकाएक सम्पर्कबिहीन भएका छन् । काठमाण्डुको रानीबारीमा लालेन्द्र शेरचनको घरमा डकैती गर्ने विक्रम श्रेष्ठबारे छानबिन क्रममा श्रेष्ठ र कुमोदबीच सम्बन्ध रहेको खुलेपछि निलम्बन गरिएको थियो । छानबिनकै क्रममा कुमोधकोे राष्ट्रिय वाणिज्य बैंकको खातामा अस्वाभाविक रकम पाइएपछि त्यसको स्रोतबारे अख्तियारले छानबिन थालेको थियो ।
अख्तियारले पटकपटक सम्पर्क गर्दा समेत सम्र्पकमा नआएपछि आइतबार आयोगले ढुंगेललाई उपस्थित गराइदिन प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको थियो । अख्तियारले ढुंगेललाई टंगालस्थित कार्यालयको ३ नम्बर कोठामा उपस्थित गराउन गराउन प्रहरी मुख्यालयलाई निर्देशन दिएको छ ।