विद्यार्थी संगठनको पहलमा रसुवामा सार्वजनिक यातायातको भाडा घट्यो

काठमाण्डु टुडे २०७६ साउन १ गते १५:०२ मा प्रकाशित

रसुवा,१ साउन-बुधबारदेखि रसुवामा सवारी यातायातको भाडा घटेको छ ।
काठमाण्डौ-कालिकास्थान सञ्चालन हुने सार्वजनिक सवारी यातायातमा १५ प्रतिशत र काठमाण्डौबाट रसुवाको अन्य क्षेत्र सञ्चालन हुने सवारीमा ५ प्रतिशत भाडा घटेको हो ।
रसुवा जिल्लामा सञ्चालनमा रहेका पासाङल्हामु, केरुङ र टिमुरे यातायातको भाडादर भने फरक-फरक छ । लोकल, सुपर र एसी डिलक्सको भाडा दर फरक रहेका कारण प्रतिशतमा भाडा घटाइएको हो ।
गत असार २९ गतदेखि विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियू ९क्रान्तिकारी० र नेपाल विद्यार्थी संघका विद्यार्थी र पासाङ ल्हामु यातायात, केरुङ यातायात र टिमुरे यातायात व्यवसायीबीच छलफल पश्चात् नयाँ भाडादर निर्धारण गरिएको हो ।
वैज्ञानिक भाडा दर कायम हुनुपर्ने, पुराना सवारी साधन सञ्चालन रोकिनु पर्ने, टाइम कार्ड लागू हुनुपर्नेलगायतका माग राख्दै विद्यार्थी संगठन आन्दोलित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us