प्रहरीद्धारा हत्यारा सार्वजनिक, प्रहरी कार्यालय भित्रै कुटाकुट

काठमाण्डु टुडे २०७६ साउन १ गते १४:२७ मा प्रकाशित

पोखरा,१ साउन -बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीले श्रीमती मारेको अभियोगमा रमेश नेपाली र उनका सहयोगीहरुलाई सार्वजनिक गरेकाे छ  । नेपालीले आफ्नै श्रीमती लक्ष्मी नेपालीलाई जंगलमा लगेर मारेको पुष्टि प्रहरीले बताएकाे छ ।

आफ्नो श्रीमती हत्या गर्ने योजना बिगत एक बर्ष देखी भएको र मामाकी छोरी संगको सम्बन्धका कारण श्रीमती मार्ने योजना बनाएको प्रहरीसामु उनले बताएका थिए ।

मोबाईल पसल गर्दै आएका उनी एक महिलाको हत्या गर्नुछ भन्दै साथीहरुसंग सहल्लाह गरेर भारतबाट मार्ने मान्छे बोलाएर मारेको प्रहरीले सार्वजनिक गरेको छ । यता लक्ष्मी नेपालीको पक्ष र मामाकी छोरी भनिएकी अनु नेपालीका पक्ष बिच प्रहरी कार्यालयमै हात हालाहालको अवस्था समेत आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us