
मुग्लिन ,३१ असार- गए राति चितवनबाट लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन् ।
टाँडीबाट प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यको टोलीले भारत मोतिहारी घर भइृ चितवनको रत्जननगर २- स्थित छोरीको घरमा बस्दै आएकी ७० वर्षीया नुर्जाहा खातुनलाई पक्राउ गरेको हो ।
खातुनलाई ४३ केजी चरेस सहित पक्राउ गरेको प्रहरी नायव उपरिक्षक एक नारायण कोइरालाले बताउनु भयो भने उनी माथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।