त्रिशूलीमा ट्रक खस्यो, सहचालक बेपत्ता

काठमाण्डु टुडे २०७६ असार २८ गते ८:१४ मा प्रकाशित

चितवन, २८ असार- चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दी खोलाबाट ट्रक त्रिशूलीमा खसेको छ । प्रहरीका अनुसार ना४ख १७९६ नम्बरको ट्रक गएराति १ बजे त्रिशूलीमा खसेको हो ।

ट्रक भैरहवाबाट काठमाण्डु आउँदै थियो । ट्रकका सहचालक दाङका २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएका छन । ट्रक चालक ललितपुरका ४६ वर्षीय माधव थापामगरलाई भने घाइते अवस्थामा उद्धार गरिएको छ । उनको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us