मुख्यसचिवसँग प्रधानमन्त्री ओली आक्रोशित

काठमाण्डु टुडे २०७६ असार २८ गते ७:३९ मा प्रकाशित

काठमाण्डु, २८ असार- प्रधानमन्त्री केपी ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीको क्रियाकलापप्रति असन्तुष्टि प्रकट गरेका छन् ।


पछिल्लो समयमा सचिवहरुका कारण सरकार विवादमा परेपछि प्रधानमन्त्री ओली मुख्यसचिवसँग रुष्ट बनेका हुन् । तरकारी विषादीमा भारतीय दूतावासको पत्रमा आफूलाई गुमराहमा पारेको भन्दै सार्वजनिक रुपमा माफी मागेका प्रधानमन्त्री ओलीले सचिवलगायत प्रशासनिक काममा कडाइ गर्न मुख्य सचिवलाई निर्देशनसमेत दिएका छन् । ‘प्रशासकले समन्वय, निर्देशन र कार्यान्वयन गराउने कुरामा गम्भीरतापूर्वक ध्यान पुर्याउनुपर्छ,’ उनले मुख्यसचिवप्रति इंगित गर्दै भने । पछिल्लो समयमा मन्त्री र सचिवबीच परस्पर बाझिने कुरा बाहिर आएकोमा प्रम ओलीले चासो राखेका छन् ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us