मकवानपुरसँग काठमाण्डुको सडक सम्पर्क विच्छेद

काठमाण्डु टुडे २०७६ असार २७ गते २०:३९ मा प्रकाशित

हेटौंडा, २७ असार- प्रदेश ३ को राजधानी हेटौंडा र संघीय राजधानी काठमाण्डुबीचको सडक सम्पर्क विच्छेद भएको छ ।


लगातारको वर्षातका कारण आएको बाढी र पहिरोले मकवानपुर हुँदै काठमाण्डु जाने सबै सडक अवरुद्ध भएको छ । मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले पूर्वपश्चिमसहित सबै सडक बन्द भएको जानकारी दिए । एसपी सिंहका अनुसार कुलेखानी–सिस्नेरी, फाखेल, त्रिभुवन राजपथ र कान्तिलोकपथ अब.वरुद्ध भएको हो ।

भीमफेदीको भैंसेस्थित बागझोरा खोलामा आएको बाढीले त्रिभुवन राजपथ र हेटौंडा कुलेखानी सिस्नेरी सडक अवरुद्ध भएको छ । त्यहाँ सयौं यात्रुको विचल्ली भएको छ । उता कान्तिलोकपथ अन्तर्गत भिमफेदी गाउँपालिका–८ गँगटे, कालोपहिरो, लेनडाँडा सिमात खोला नजिकै पहिरो खस्दा राजपथ अवरुद्ध भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us