बाढी पूर्वानुमान महाशाखाको सूचनाः काठमाण्डुका खोला किनारका बासिन्दा ढुक्कले नबस्नु

काठमाण्डु टुडे २०७६ असार २७ गते १८:१९ मा प्रकाशित

काठमाण्डु, २७ असार– बाढी पूर्वानुमान महाशाखाले काठमाण्डु उपत्यकाका खोला किनारका बासिन्दालाई उच्च सतर्क अवस्थामा रहन आग्रह गरेको छ ।


विभागले शुक्रबार एक सूचना जारी गर्दै त्यस्तो आग्रह गरेको हो । बिहीबार रातिदेखि नै उपत्यकामा भारी वर्षा भइरहेको छ । वर्षातका कारण उपत्यकाका सबै खोलामा पानीको बहाव बढेको छ । महाशाखाले बागमती, विष्णुमती बल्खु खोला, नख्खु, हनुमन्ते, मोहना, धोबीखोलासहित सबै खोला र होचो ठाउँका बासिन्दालाई सर्तकता अपनाउन भनेको छ । काठमाण्डुका विभिन्न स्थान बाढीले डुबेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us