एआइजीलाई प्रदेश प्रहरी प्रमुख बनाउन प्रस्ताव

काठमाण्डु टुडे २०७६ असार २३ गते १३:१५ मा प्रकाशित

काठमाण्डु, २३ असार -सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले प्रहरी अतिरिक्त महानिरीक्षक९एआइजी० लाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन्।पूर्वगृहमन्त्री समेत रहेका नेता शर्माले प्रदेश प्रहरी प्रमुखलाई पनि प्रहरी महानिरीक्षक बन्न पाउने व्यवस्था गर्न पनि त्यसमा नियुक्ति गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक नै उपयुक्त हुने तर्क गरे।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले प्रदेशका अन्य प्रहरी दर्जाको नियुक्ति प्रदेश प्रहरीले गर्न पाउनुपर्ने तर्क गरे।

संघीयतामा मुलुक गएकाले प्रमुख बाहेकका प्रदेश प्रहरीको अन्य पदमा नियुक्त गर्ने अधिकार प्रदेश प्रहरीलाई दिन उपयुक्त हुने उनको तर्क छ।यता, कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले भने प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक राख्ने सरकारको प्रस्तावमा सहमति जनाएका थिए।उनले प्रदेश प्रमुख बाहेकका अन्य पदहरूमा भने प्रदेश प्रहरीले नियुक्ति गर्ने कानुनी व्यवस्था गर्नुपर्ने माग सरकारसँग गरे।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us