अन्ततः प्रचण्डका अगाडि गलेरै छाडे केपी ओली !

काठमाण्डु टुडे २०७६ असार २३ गते ७:०५ मा प्रकाशित

kp oli-prachandaकाठमाण्डु, २३ असार नेपाल कम्युनिष्ट पार्टी नेकपाको राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने विषयमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार सहमति जुटेको छ ।

सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन परिमार्जन गरेर जनताको बहुदलीय जनवाद राख्नुपर्ने विषय प्रवेश भएपछि विवाद सुरु भएको थियो । राजनीतिक प्रतिवेदनमा अब ‘जनताको जनवाद’ लेखिनेछ ।  पार्टी एकीकरण भएको १३ महिनापछि राजनीतिक प्रतिवेदन प्रकाशित हुन लागेको हो । पार्टीको विधान र नियमावली लगायतका दस्तावेज प्रकाशित भएर कार्यान्वयनमा पुगे पनि विवादकै कारण राजनीतिक प्रतिवेदन प्रकाशित हुन सकेको थिएन ।
पार्टी एकता हुनुपूर्व नै भएको सहमति विथोल्ने गरी सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले ‘जनताको बहुदलीय जनवाद’ राख्नुपर्ने प्रस्ताव गरेपछि पार्टी्भित्र विवाद सुरु भएको थियो । जनताको बहुदलीय जनवाद एवं जनयुद्धजस्ता शब्द र कतिपय राजनीतिक कार्यदिशाका विषयमा सहमति जुटेको थिएन । नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us