
काठमाण्डु, २१ असार–काठमाण्डुमा शनिबार अपराह्न शक्तिशाली भूकम्पका धक्का महसुस गएको छ ।
अपराह्न ४ बजेर १५ मिनेटमा जमिनै हल्लाउने गरी भूकम्प गएको हो । यसअघि भन्दा योपटक भूकम्पको फरक महसुस भएको छ । यसअघि जमिन दायाँबायाँ हल्लिने गरेकामा शनिबार तलबाट माथि उफारेको जस्तो महसुस भएको थियो ।
पानी परिरहेका बेला भूकम्प आएको थियो । मानिसहरु भूकम्पपछि आत्तिँदै बाहिर आएका थिए । भूकम्पबारे थप विवरण अपडेट गर्दै जाने छौं ।