युवराजले भेटे अष्ट्रेलियामा समाजवादी नेतृ प्राइस

काठमाण्डु टुडे २०७६ असार ७ गते १५:१६ मा प्रकाशित

सिड्नी– अष्ट्रेलिया भ्रमणमा रहेका नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईंले त्यहाँको कम्युनिष्ट पार्टी सामाजवादी गठबन्धन (सोसलिष्ट अलाइन्स) अष्ट्रेलियाकी अध्यक्ष सुसन प्राइससँग भेटवार्ता गरेका छन् ।

सिड्नीस्थित सो पार्टीको केन्द्रीय कार्यालयमा भएको भेटमा नेपाल–अष्ट्रेलिया सम्बन्धका विविध आयामबारे छलफल भएको चौलागाईंले जानकारी दिए ।

उनका अनुसार नेपालमा मुलधारका दुई ठूला कम्युनिष्ट पार्टी तत्कालिन एमाले र माओवादी केन्द्रबीच भएकता भएर नेकपा गठन भएकामा खुसी व्यक्त गर्दै प्राइसले बधाई तथा शुभकामना दिएकी थिइन् । डेढ घण्टा लामो छलफलमा उनीहरुबीच दुई मुलुक तथा दुई पार्टीबीच सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको थियो ।

‘भेटघाटले नेपाल–अष्ट्रेलिया र नेकपा तथा सामाजिक अलाइन्स अष्ट्रेलियाबीच सम्बन्ध थप सुमधुर बन्ने विश्वास लिएको छु’, सिड्नीबाट चौलागाईंले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us