
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा आफूलाई पुनः जिताउन अमेरिकी जनतालाई आग्रह गरेका छन् ।
फ्लोरिडालाई आफ्नो दोस्रो घर भएको बताउँदै राष्ट्रपति ट्रम्पले हजारौं समर्थकहरुलाई यस्तो आग्रह गरेका हुन् । विपक्षी डेमोक्रेटहरुले मुलुकलाई टुक्रा पार्न लागेको आरोप लगाउँदै ट्रम्पले अमेरिकालाई महान बनाउन आफु लागि परेको बताएको बीबीसीले उल्लेख गरको छ ।
दोस्रो कार्यकालका लागि राष्ट्रपति बनाउन आग्रहसहित आफुले चुनावी अभियानको औपचारिक सुरुवात गरेको उनले बताए । राजनीतिक स्थायित्वका लागि एकताबद्ध भएर उभिएको बताउँदै उनले अमेरिकी जनताको उज्यालो भविष्यका लागि आफुलाई समर्थन गर्न आग्रह समेत गरे ।