कर्णाली जीप दुर्घटनाको कारण पत्ता लाग्यो

काठमाण्डु टुडे २०७६ असार ४ गते १०:१९ मा प्रकाशित

काठमाण्डु, ४ जेठ – हुम्लाको खार्पुनाथमा जीप कर्णाली नदीमा खस्दा बेपत्ता भएका १० जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।

मंगलबारदेखि नै प्रहरी, सेना र स्थानीयले खोजी गरिरहे पनि अहिलेसम्म जिप र मान्छेको कुनै निसाना फेला नपरेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।

खार्पुनाथ गाउँपालिका–५ बाट लु १ ज ७१६६ नम्बरको जीप मंगलबार दिउँसो १२ बजे कर्णाली नदीमा खसेको हो । जिप नदीको भेलमा खसेर हराउँदा त्यसमा सवार सबै १० जना बेपत्ता छन् ।

सहायक प्रजिअ पोखरेका अनुसार बेपत्ता यात्रुको खोजीको लागि बुधबार बिहान चितवनको कुरिनटारबाट सशस्त्र प्रहरीको गोताखोरसहितको टोली नेपाली सेनाको हेलिकप्टरमार्फत हुम्ला पुगेको छ ।

मंगलबरदेखि नै स्थानीय हेलिकप्टरको सहायतामा प्रहरी र नेपाली सेनासहितको टोलीले घटनास्थलमा जिप र यात्रुको खोजी गरिरहेका छन् ।

दुर्घटनामा परी बेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्दु शाही हमाल, उनका भाइ चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुक्कु भण्डारी नामले चिन्ने नैनसिंह भण्डारी, वसन्ती शाही, गोकुल सुनार, नन्ददेवी सिंह, कौसा दमाई, उनका दुई वर्षीय छोरा र काठमाण्डु थानकोटका बेल्डिङ मास्टर राजु श्रेष्ठ छन् ।

जिप चालक मणिजंग शाही भए पनि जिप चन्द्र हमालले चलाएको पाइएको प्रजिअ पोखरेलले बताए । सिकारु ड्राइभरले जीप चलाउँदा दुर्घटना भएको प्हरीको अनुमान छ ।

घटनास्थलमा सेना, प्रहरीको टोलीसँगै बिहानैदेखि स्थानीय पनि बेपत्ता यात्रुको खोजीमा खटिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us