गोदावरीको पिकनिक स्थलमा कसले चलायो गोली ?, ८० केजीको बँदेल मृत भेटियो

काठमाण्डु टुडे २०७६ असार ४ गते ८:१५ मा प्रकाशित

काठमाण्डु, ४ असार– ललितपुरको गोदावरी वनमा दिउँसै गोली प्रहार गरी बँदेलको अवैध शिकार भएको छ । गोदावरी नगरपालिका–३ स्थित गोदावरी कुन्ड सामुदायिक वनमा भरुवा बन्दुक प्रहार गरेर बँदेल मारिएको हो ।

शिकारीको समूहले गत आइतबार कुन्डभन्दा माथिल्लो भेगको १२ नम्बर पिकनिक स्पट नजिकै गोली प्रहार गरी ८० केजी हाराहारीको पोथी बँदेल मारेको हो । घटना लगत्तै खवर प्राप्त भएपनि शिकारी समुहलाई नियन्त्रणमा लिन नसकिएको महानगरिय प्रहरी प्रभाग बाँडेगाउँका प्रहरी निरीक्षक श्यामकुमार कटुवालले बताए । ‘सिभिल ड्रेसमा खटिएको प्रहरी टोलीले पौने ४ बजे गोली चलेको खवर ग¥यो, लगत्तै हामी तालिम प्राप्त कुकुर सहित घटनास्थल पुग्यौ उनले भने–‘दुई व्यक्ति जंगलतर्फ भागे, नियन्त्रणमा लिन सकिएन ।’ वयस्क बँदेलको घाटीमा दुईवटा गोली लागेको र शिकारीले पेट चिरिएको अवस्थामा नियन्त्रणमा लिइएको कुटवालले बताए । नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us