संसदमा देउवा बोल्न नपाएपछि विश्वप्रकाश आक्रोशित

काठमाण्डु टुडे २०७६ असार ३ गते १७:३१ मा प्रकाशित

काठमाण्डु, ३ असार – प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बोल्न नदिएको भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले आक्रोश व्यक्त गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख महराले सभापति देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा अगाडि बोल्न नदिएको भन्दै प्रवक्ता शर्माले ट्विटरमार्फत आक्रोश व्यक्त गरेका हुन् ।

उनले सभामुख महरालाई पूर्वशिक्षक भन्दै प्रश्न गरेका छन्, ‘प्रश्न अघि हुन्छ कि जवाफ ?’ प्रवक्ता शर्माले संसदमा प्रतिपक्षमार्फत सडकका आवाज सुनेर सम्बोधन गर्नु प्रधानमन्त्रीको कर्तव्य भएको पनि स्मरण गराएका छन् ।

‘समुन्नत लोकतन्त्रमा प्रश्न, जिज्ञासा र जनआवाज पहिले सुनिन्छ । देश फर्केपछि औपचारिक रुपले संसदमा प्रतिपक्षमार्फत सडकका आवाज सुनेर सम्बोधन गर्नु प्रधानमन्त्रीको कर्तव्य हो ! ब्रम्ह ज्ञानी होइन @PM_Nepal’, उनले लेखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us