
हुम्ला, ३ असार – हुम्लामा कर्णाली नदीमा जीप खस्दा वेपत्ता भएका चारजनाको पहिचान खुलेको छ । यद्यपि जिपमा कति जना सवार थिए भन्ने यकिन भइसकेको छैन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार जिपमा हुम्लाको खार्पुनथा गाउँपालिकाकी उपाध्यक्ष ३६ वर्षीया शिन्धु शाही मल्ल, हुम्लाको खार्पुनाथा गाउँपालिका–५ याङचुकी १८ वर्षीया बसन्ती शाही, खार्पुनाथ गाउँपालिका–४ नल्लाका २८ वर्षीय ढुकु भण्डारी र सिमिकोट गाउँपालिका–८ याङगुका २३ वर्षीय जिप चालक मणिजंग शाही रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
जिपमा अरु को थिए वा थिएनन खुल्न सकेको छैन् ।
हालसम्म जीप र व्यक्ति कोही पनि फेला नपरेको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलले बताए । जीप बाटोबाट ४० मिटर तल खसेको हो ।
खार्पुनाथबाट सदरमुकाम सीमकोट जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप याङ्चु भन्नेस्थानबाट कर्णाली नदीमा खसेको हो ।