सुरई नदीमा पौडी खेल्दा तीन जनाको मृत्यु, अर्का एक बाँचे

काठमाण्डु टुडे २०७६ असार ३ गते १६:३१ मा प्रकाशित

तौलिहवा, ३ असार – कपिलवस्तुको शिवराज नगरपालिका २ मा पौडी खेल्नेक्रममा तीनजनाको डुबेर मृत्यु भएको छ । मंगलबार दिउँसो पौडी खेल्ने क्रममा हल्लानगरस्थित सुरई नदीको रहमा डुबेर तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बिजयनगर गाउँपालिकाका अन्दाजी १६–१७ वर्षका आशिष भट्टराई, सोही ठाउँका १८ वर्षीय सुमित सुनार र सोही ठाउँकै १७ वर्षीय निरन्जन भुसाल रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

उनीहरु पौडी खेल्नका लागि मंगलबार दिउँसो रहमा गएका थिए । पौडी खेल्नका लागि चारजना गएपनि एकजना भने सकुशल रहेको प्रहरीको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us