२८ वर्षीया डाक्टरको निधन

काठमाण्डु टुडे २०७६ असार १ गते १७:४७ मा प्रकाशित

झापा, १ असार – झापाको शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत २८ वर्षीया डाक्टर सुशीला यादवको निधन भएको छ ।

आमासयको क्यान्सरबाट ग्रसित डाक्टर सुशीलाको आइतबार बिहान उपचारका क्रममा झापास्थित बिएन्डसी अस्पतालमा निधन भएको हो ।

उनी २०७३ साल पुस ५ गतेदेखि स्थायी डाक्टरको रुपमा सरकारी सेवामा थिइन् । तीन वर्षअघि स्वास्थ्य जाँचका क्रममा उनलाई आमासयको क्यान्सर भएको पत्ता लागेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us