सरकारको हात भाँचिन सक्छः लक्ष्मी परियार

काठमाण्डु टुडे २०७६ असार १ गते १२:२१ मा प्रकाशित

काठमाण्डु, १ असार – कांग्रेस सांसद लक्ष्मी परियारले गुठी विधेयक मार्फत सरकारले संस्कृति र सभ्यतामाथि प्रहार गरेको बताइन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै परियारले सरकारले धर्म, संस्कृति र परम्परालाई मास्दै कार्यकर्ता पोस्ने प्रयत्न गरेको आरोप लगाइन् ।

सरकारले गुठी विधेयकमा बहुमतको शक्ति देखाउन खोजे नोक्सान हुने चेतावनी दिइन् । ‘शक्ति र बल छ भन्दैमा फलाममा गएर मुड्की बजार्दैमा त्यो हात सफल रहन्छ भन्ने छैन । हाटमा घाउ चोट लाग्न सक्छ, हात भाँचिन सक्छ,’ उनले भनिन, ‘चोट लागेर क्यान्सर भएर झर्न पनि सक्छ । सरकारले थाहा पाओस् गुठी विधेयकलाई लिएर संविधान नै मास्ने प्रयत्न गरेको छ, त्यो प्रयत्न क्यान्सरको रुपमा भोली खडा हुनेछ ।’

उनले गुठी व्यवस्था आफैमा सम्पदा भएको उल्लेख गर्दै सम्पदा मास्ने काम कांग्रेसलाई स्वीकार्य नहुने बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us