मोदी प्रधानमन्त्रीमा निर्वाचित भएपछि अमेरिकालाई पहिलो झट्का

काठमाण्डु टुडे २०७६ असार १ गते १०:४६ मा प्रकाशित

नयाँ दिल्ली, १ असार – भारतले आज आइतबारदेखि लागु हुने गरी अमेरिकाका २८ वटा उत्पादनलाई थप कर लगाउने भएको छ । जसमा बदाम र स्याउ समेत रहेका छन ।

नयाँ करमा कतिपयको ७० प्रतिशतसम्म बढाइएको छ । अमेरिकाले स्टिल र आल्मुनियमको आयातमा कर छूट दिन अस्वीकार गरेपछि भारतले पनि कर बढाएको हो ।

यही जुनको शुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई दिइँदै आएको ड्युटी फ्रि सुविद्या रोकिने जनाएका थिए ।

अमेरिका र भारतको दुई पक्षीय व्यापार सन् २०१८मा १४२ बिलियन डलर भएको थियो । सन् २००१ यता दुई देशबीचको व्यापार ७ गुणाले बढेको अमेरिकी तथ्यांकमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us