पूर्वमन्त्रीको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त

काठमाण्डु टुडे २०७६ जेठ ३१ गते १०:५३ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व शिक्षामन्त्री तथा पार्टी केन्द्रीय सदस्य डि.आर.पौडेलको निधनप्रति फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । पौडेलको शुक्रबार बिहान चितवनस्थीत आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो ।

‘हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा पूर्व शिक्षा मन्त्री कमरेड धनीराम (डि. आर.) पौडेलको असामयिक निधनले मर्माहत बनाएको छ’, उनले फेसबुकमा लेखेका छन्, ‘यस दुःखद् घडीमा दिवंगत पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us