मौसम विभागले भन्योः आज मेघगर्जनसहित हावाहुरी चल्छ

काठमाण्डु टुडे २०७६ जेठ ३१ गते १०:३४ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ – जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाण्डु आसपासका क्षेत्रहरुमा विकसित हुँदै गरेको प्रणालीका कारण केही स्थानहरुमा मेघगर्जन र हावाहुरीसहित वर्षा गराउने बादल विकसित भैरहेको जनाएको छ ।

मौसमविद सुवास रिमालले बंगालको खाडीबाट आएको जलवाष्पका कारण यो अवस्था सिर्जना भएको बताए । उनले भारतको गुजरातमा आएको वायु भने सोचिएभन्दा कमजोर आएकाले समुद्री किनार आसपासमा केही क्षतिबाहेक खासै असर नदेखिएको र सो वायुको नेपालमा कस्तोे असर पर्न सक्छ भन्ने कुराको आंकलन अहिले नै गर्न नसकिने जनाए ।

काठमाण्डुको अवस्था आत्तिइहाल्नुपर्ने नरहेपनि केही बेर बादल बन्ने, केहीबेर वर्षा हुने, हावाहुरी पनि आउन सक्ने जस्तो अवस्था रहेको उनले जनाए ।

महाशाखाले शुक्रबार देशको मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र पूर्वी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली हुने जनाइएको छ ।

यस्ताे छ महाशाखाकाे तीन दिने अनुमान
जेठ ३१ गते (शुक्रबार)

दिउँसो: देशकको मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ भने पुर्वी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंसिक बदलि हुनेछ । पुर्वी भू-भागका केहि स्थानहरुमा र मध्य र पश्चिमी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशकको मध्य पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ भने पुर्वी भू-भागमा सामान्य बदली र बाँकी भु-भागमा आंसिक बदलि हुनेछ । पुर्वी भू-भागका केहि स्थानहरुमा र मध्य र पश्चिमी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ ।

जेठ ३२ गते (शनिबार)
दिउँसो: देशको पुर्वी भू-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भू-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ । पूर्वी तथा मध्य भू-भागका केहि स्थानहरुमा र पश्चिमी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ ।

राति: देशको पुर्वी भू-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भू-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ । पूर्वी तथा मध्य भू-भागका थोरै स्थानहरुमा र पश्चिमी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

असार १ गते (आइतबार)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us