कञ्चनपुरमा भयानक दुर्घटना, घनास्थलमै ३ जनाको ज्यान गयो

काठमाण्डु टुडे २०७६ जेठ ३१ गते १०:०६ मा प्रकाशित

कञ्चनपुर, ३१ जेठ – कञ्चनपुरमा २ वटा सवारी आपसमा ठोक्किएर भएको दुर्घटनामा ३ जनाको ज्यान गएको छ ।

से १ प ७३३ नम्बरको जेसीबी र मे १ ह ७६३ नम्बरको अटोरिक्सा शुक्रबार बिहान भीमदत्त नगरपालिका–६, बनगाउँमा आपसमा ठोक्किँदा ३ जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले दुर्घटनामा परेका ३ जनाको घनास्थलमै ज्यान गएको पुष्टि गरेको छ । मृतक तीनै जना अटोरिक्सामा सवार थिए । प्रहरीका अनुसार उनीहरुको सनाखत हुन बाँकी छ ।

अटोमा सवार ५ जना घाइते भएका छन् । घाइतेको महेन्द्रगरनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचार हुँदैछ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा घाइते भएका भीमदत्त नगरपालिका–१० का १८ वर्षीय जगदीश पार्की, बैतडी देहीमाडौंका ३२ वर्षीय लक्ष्मी बोहरा, उनका ३ वर्षीय छोरा निशान्त बोहरा, भीमदत्त नगरपालिका–११ का २६ वर्षीय प्रेम थापा र बेल्डाँडी गाउँपालिका–७ का २६ वर्षीय सन्तोष लुहार रहेको छन् । जेसीबी चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us