नेकपा केन्द्रीय सदस्य पौडेलको हृदयघातबाट निधन

काठमाण्डु टुडे २०७६ जेठ ३१ गते ८:५४ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– नेकपा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री धनीराम (डीआर) पौडेलको निधन भएको छ ।

पौडेलको चितवन माडीस्थित निवासमा गएराति हृदयघातका कारण निधन भएको हो । पौडेल बिहीबार मात्र राजधानीबाट माडी गएका थिए । राति अचानक अप्ठेरो महसुस भएलगत्तै उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । पौडेल दोश्रो संविधानसभामा सदस्य थिए । उनी शिक्षामन्त्री भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us