काठमाण्डुमा सवारी पार्किङ नपाएर तनावमा हुनुहुन्छ ?, अब नो टेन्सन

काठमाण्डु टुडे २०७६ जेठ ३१ गते ७:१३ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– राजधानीको अति व्यस्त बजार न्यूरोड र दरबारमार्ग क्षेत्रमा आईतबारबाट ‘स्मार्ट पार्किङ’ सुरु हुने भएको छ । अहिले यसको परीक्षण भइरहेको छ ।

स्मार्ट पार्किङ सुरु भएपछि सँधै पार्किङको समस्या हुने ती किनमेल वा घुमफिरका लागि जाँदै छन् भने अब त्यो अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ । यो क्षेत्रमा जाने सवारीवाहक जो कोहीले अब पार्क केटिएम नामको एप्सबाटै आफ्नो सवारी पार्किङको सुविधा लिन सक्नेछन् । ‘एप्समार्फत पाइने मोबाइल नम्बरमा फोन गरेपछि ठाउँ तय हुन्छ’, ह्विल्स ट्रुली योर्स संस्थाका निर्देशक सैलेश कुँवरले भने, ‘तर १५ मिनेटमा पुगेन भने त्यो बुकिङ रद्द हुनेछ ।’
छिट्टै नै अनलाइन बुकिङ र पेमेन्टको सुविधासहित स्मार्ट पार्किङ सुरु हुने उनले जानकारी दिए । गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us