
काठमाण्डु, ३० जेठ – पूर्वजनमुक्ती सेना संघले युद्ध संग्राहलयको डिपिआर तयार गर्न माग गरेको छ । पूर्व जनमुक्ति सेना संघका अध्यक्ष देवी प्रसाद ढकाल रवीन्द्रले चितवनको सौराहामा संग्रहालय बनाउन माग गरेका छन् ।
अध्यक्ष ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा कालिका नगरपालिकामा युद्ध संग्रहालय निर्माण गर्न माग गरेका छन् । नगर प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै संघले बजेट छुट्टयाएर काम अगाडि बढाउन माग गरेको छ ।
‘जनताले श्रमजिवी वर्गको मुक्तिका खातिर इतिहासका विभिन्न कालखण्डमा संर्घष गर्दै आएको सबै संघर्षको उत्कर्षको रुपमा १० वर्ष माअोवादी जनयुद्ध रहन गयो । जनयुद्धको जगमा उठेको दोस्रो जनआन्दोलन सम्पन्न भई सामन्तवादको नाइके राजतन्त्रको समाप्तिसँगै देश संघीय लोकताीन्त्रक गणतन्त्र नेपाल भयो,’ विज्ञप्तिमा भनिएको छ, ‘कालिका नगरपालिकाभित्र युद्ध संग्रहालय निर्माण हुनु नगरको पनि गौरवको कुरा हो । अबको पुस्तालाई अध्ययनका लागि पनि संग्रहालय निर्माण आवश्यक रहेको छ । यसबाट आन्तरिक र बाह्य पर्यटकको अध्ययन अवलोकनका लागि फलदायी हुनेछ । नगरपालिकाको आयवृद्धि हुनेछ । तसर्थ उदयपुर सामुदायिक वनको उद्यान, कालिका मन्दिर प्राङ्गण र गैरीबारी चोकमध्ये कुनै एक स्थानको छनौट गरी यसै आर्थिक वर्षको बजेटमा डिपिआर निर्माण प्रक्रियालाई बजेट छुट्टयाइ काम अगाडि बढाउन माग गदाछौं ।’