
हेटौंडा, ३० जेठ – मकवानपुरको राक्सिराङ गाउँपालिकामा डोजर पहिरोमा पुरिँदा दुई जनाको मृत्यु भएको छ ।
गाउँपालिकाको वडा नम्बर ८ ठूलो तोड्के भन्ने ठाउँमा पहिरो खस्दा सडक विस्तार गरिराखेको डोजर पुरिएको हो । माथिबाट खसेको पहिरोमा पुरिएर सन्दिप श्रेष्ठ र रोशन बुढाथोकीको मृत्यु भएको हो ।
डोजरका चालकलाई स्थानीय बासिन्दाले पहिरो पन्छाएर उद्धार गरेका छन् । मृत्यु हुनेहरु भने चालकका सहगोगी रहेको बुझिएको छ । घटनास्थलमा प्रहरी जाँदैछ ।