
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन बिहीवार कजाखास्तानको राजधानी बिस्केक पुगेका छन् ।
बिस्केकको मानस अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कजाख अधिकारीहरूले न्यानो स्वागत गरेका छन् । उनलाई कजाखास्तानको प्रमुख खाना बूर्टसोगका साथ स्वागत गरिएको हो ।
मोदीले बिस्केकमा ३२ घन्टा बिताउनेछन् र एससीओका सदस्य राष्ट्रहरूसँग गहन कूटनीतिक वार्ता गर्नेछन् । त्यसपछि उनले द्पिवक्षीय भ्रमण पनि गर्ने कार्यक्रम रहेको भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले ट्वीटमार्फत जानकारी दिएका छन् ।