घाइते वडासदस्यको ज्यान गयो

काठमाण्डु टुडे २०७६ जेठ ३० गते १३:५१ मा प्रकाशित

बझाङ, ३० जेठ – मोटरसाइकल दुर्घटनाबाट घाइते भएका वडा सदस्यको उपचारका क्रममा मृत्यु भएको छ ।

बिहीबार बिहान दुर्घटनाबाट गम्भीर घाइते भएका जयपृथ्वी नगरपालिका–७ का वडा सदस्य नरबहादुर महरको उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको हो ।

मृतक महर से१व ११७७ नम्बरको मोटर साइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए । मोटर साइकल दुर्घटनाबाट महरको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । उनको उपचार गर्ने क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जयपृथ्वी नगरपालिका–७ सुवेडामा मोटर साइकल सिक्ने क्रममा दुर्घटना भएको ट्राफिक प्रहरी मोहन चन्दले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us