विप्लवका जुम्ला इञ्चार्ज पक्राउ

काठमाण्डु टुडे २०७६ जेठ ३० गते १२:५१ मा प्रकाशित

जुम्ला, ३० जेठ – नेत्रविक्रम चन्द समूहका एकजना नेता जुम्लामा पक्राउ परेका छन् । जुम्ला जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण)लाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार राति १ बजे सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई छापा मारेर पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिताराम रिजालले जानकारी दिए । पक्राउ परेका तिरूवालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us